फलेन्द्र मगर / दुबई
युएई 23 नोभेम्बर आइतबारको दिन युएईको बर दुवईस्थित Concord Creek View, SK-7 को सभा हलमा नेपाल मगर संघका केन्द्रिय अध्यक्ष एवम आदिवासी जनजाती राष्ट्रिय उत्थान प्रतिष्ठानका सदस्य सचिव ज्ञानेन्द्र पुन मगरको प्रमुख आतिथ्य, नेफिन युएईका अध्यक्ष भगिरथ कुमार भगतको विशिष्ट आतिथ्य, नेपाली समाज युएईका अध्यक्ष राम मोक्तान , नेपाली समाज युएईका उपाध्यक्ष रामबाबू न्यौपाने, साथै विभिन्न जातिय संघ संस्थाका प्रमुख हरु को उपस्थितिमा नेपाल मगर संघ, शाखा, युएईको ऐतिहासिक १३ औं महाधिवेशन सम्पन्न भयो।
महाधिवेशन को खुलासत्रमा कोषाध्यक्ष आरती दर्लामी मगरले २५-२७ कार्यकालले युएईमा मगर संघ स्थापना को २० वर्षे यात्रामा आफ्नो उत्कृष्ट आर्थिक प्रतिवेदन पेश गरिन। जसमा २०,६६१ दिराम संघले आर्थिक आर्जन गरेको र यसै कार्यकालले निर्माणाधिन नेपालका प्रथम सहिद लखन थापा मगर सांस्कृतिक संग्रालय को लागी पाँच लाख एकानब्बे हजार रुपैयाँ आर्थिक सहयोग गरेको घोषणा पनि गरिन। उपस्थित अतिथि हरु को शुभकामना मन्तव्य समापन सँगै कार्यक्रम संचालक होम रजाली मगरले निर्वाचन समितिका संयोजक डोल राना मगर लाई १३ औं महाधिवेशन प्रकृया का लागी समय सुम्पिएका थिए।
संयोजक रानाले २०२५-२७ कार्यकालको लागी खुल्ला उम्मेदवारी को आव्हान गरे पनि कुनै पनि पदमा दोहोरो उम्मेदवारी मा दावी पेश नभएको हुँदा सर्वसम्मत रुपमा कार्यसमिति चयन भएको घोषणा गरेका थिए । नव निर्वाचित कार्यसमितिका पदाधिकारी हरु लाई प्रमुख अतिथि ज्ञानेन्द्र पुन मगरले पद तथा गोपनियताको सपथ खुवाउनुका साथै सफल कार्यकालको शुभकामना दिनुभयो। नव निर्वाचित पदाधिकारी हरु को नामावली निम्न लिखित रहेका छन :-
१) अध्यक्ष : विष्णु राना मगर
२) व. उपाध्यक्ष : होम रजाली मगर
३) उपाध्यक्ष:- कासिमाया मगर
४)उपाध्यक्ष:- आरती दर्लामी मगर
५) उपाध्यक्ष:- गिता थापा मगर
६) उपाध्यक्ष:- बिगाम्बर बुढा मगर
७) महासचिव:-सितल थापा मगर
८) सचिव :-कुल थापा मगर
९)सचिव :- दीप राना मगर
१०)प्रबक्ता: प्रेम ब० बगल्दार मगर
११) सदस्य:- सृजना श्रीष मगर
१२)सदस्य:- मिन व० सारु मगर
१३)सदस्य :- ईमा थापा मगर
१४)सदस्य:- कविता थापा मगर
१५)सदस्य:- माया रजाली मगर
१६)सदस्य:- नरजित राना मगर
१७) सदस्य:- नुन सिंजाली मगर
१८)सदस्य:- रविन पुलामी मगर

प्रतिक्रिया