×

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

images

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भइरहेको छ । यस अघि बिहिबार सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर २७४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २६८५ मा कारोबार भएको थियो ।

 

शुक्रबार​ १० असोज २०८२ ११:२९ AM मा प्रकाशित

प्रतिक्रिया