×

चीन र नेपालको संयुक्त विज्ञप्ती जारी (पूर्णपाठ)

images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण तथा नेपाल र चीन र नेपालबीचको १३ बुँदे संयुक्त विज्ञप्ति जारी गरिएको छ।  प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङको उपस्थितीमा भएको समझदारी तथा सहमतिलाई विस्तृतमा उल्लेख गर्दै संयुक्त वक्तव्य जारी भएको हो।

औपचारिक भ्रमण र सन्धी तथा सहमति भएपछि दुवै देशले संयुक्त विज्ञप्ति निकाल्ने चलन रहेको छ। वक्त्व्यमा दुई देशबीचको गहिरो सम्बन्धलाई यो भ्रमण र समझदारीले थप बलियो बनाएको उल्लेख छ। यस्तै, दुवै देशले एक अर्काको सार्वभौमसत्तालाई गरेको सम्मानको पनि प्रसंशा गरिएको छ।

नेपालले स्वतन्त्र तिब्बतका गतिविधिमा लगाएको प्रतिबन्ध र एक चीन नीतिप्रति देखाएको सद्भावलाई चीनले धन्यवाद दिएको छ। यस्तै अहिलेसम्म भएका सन्धी सम्झौताको पालनामा पनि दुई देश दृढ रहेको उल्लेख छ । बेल्ट एन्ड रोड इनिसिएटिभस बीआरआईको माध्यमबाट दुवै देशले थप समृद्धि हासिल गर्न सक्ने भएकाले यसको द्रुत कार्यान्वयनमा पहल गर्न दुवै देश सहमत भएको पनि वक्तव्यमा उल्लेख छ ।

सन् २०१७ मा नेपालले बीआरआईमा सहभागि हुन एमओयू गरेको स्वीकार गर्दै यसको कार्यान्वयन योजनाको अन्तिम रूप दिन पनि दुवै देश सहमत भएका छन् । पूर्वाधार कनेक्टिभिटी, व्यापार, पर्यटन, उत्पादन क्षमता र लगानीलाई थप गहिरो र बलियो बनाउने तथा बन्दरगाह, सडक, रेलमार्ग जस्ता क्षेत्रमा सम्पर्क सुदृढ गर्न पक्षहरू सहमत भएका छन्।

हवाई मार्ग विस्तार र विद्युतीय ग्रिड निर्माणमा पनि दुवै देश एकमत भएका छन् । त्यस्तै चीनमा औषधि उत्पादनका लागि नेपालको जडीबुटी निर्यात अघि बढाउन चीनको भन्सार प्रशासन र नेपालको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबीच समझदारी भएको छ।

मङ्गलबार ९ असोज २०८० ०३:२७ PM मा प्रकाशित

प्रतिक्रिया