×

भैंसेपाटी प्रभागकी इन्स्पेक्टरलाई जिम्मेवारीबाट हटाइयो, छानबिन समिति गठन

images

काठमाडौँ ।  प्रहरी प्रभाग, भैंसेपाटीकी प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीलाई जिम्मेवारीबाट हटाइएको छ। शाहीमाथि एक जना व्यक्तिलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप मा  उनलाई जिम्मेवारीबाट हटाइएको काठमाडौं उपत्यका प्रमुख प्रमुख एआईजी किरण बज्राचार्यले बताइन्।

यस्तै, आर्थिक लेनदेनमा संलग्न अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ गरेर अनुसन्धान गरिरहेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । बलात्कार घटनालाई हनिट्रयापमा रूपान्तरण गरेर उनले आर्थिक ‘फाइदा’ लिएको आरोप छ ।

आपराधिक लाभ लिन नहुने कसुरमा उनीहरूमाथि अनुसन्धान भइरहेको हो। उपत्यका प्रहरी कार्यालयको निर्देशन अनुसार, यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ । समितिले दिने प्रतिवेदनका आधारमा उनलाई कस्तो किसिमको कारबाही हुने टुंगो लाग्ने बताइएको छ । 

बिहीबार १० असोज २०८१ १२:५० PM मा प्रकाशित

प्रतिक्रिया