×

एमाले अहिले इतिहासमै सबैभन्दा बढी गुटबन्दीमा अल्झियो- कर्ण थापा

images

काठमाडौँ । नेकपा एमालेका स्थायी समिति सदस्य कर्ण थापाले पार्टी कार्यालयमै बसेर देशभरी गुटलाई प्रश्रय दिने काम भएको टिप्पणी गरेका छन् ।

थापाले एमाले दशौ राष्टिय महाधिवेशनपछि पार्टी इतिहासमै सबैभन्दा बढी गुटबन्दीमा अल्झिएको बताउदै पार्टी कार्यालयमै बसेर देशभर गुटलाई प्रश्रय दिने काम भएको टिप्पणी गरेका हुन् ।

थापाले मुल नेतृत्व र पार्टी नीतिमा कही पनि मतभेद नभएको तर पार्टी अध्यक्ष र महासचिवको नाम लिदै तलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको बताएका छन् ।

उनले भनेका छन्- 

म विचारको निरन्तरतामा छु । कमिटीमा पहिले देखि यस्ता विचार राख्दै आएको हो । लोकतान्त्रिक मूल्य र मान्यताको लडाइँ हो । व्यक्तिसँग न आग्रह न पुर्वाग्रह ।  दशौ राष्टिय महाधिवेशन पछि हालसम्मको यस अवघिलाई हेर्ने हो भने पार्टी इतिहासमै सबैभन्दा बढि गुटबन्दीमा पार्टी अल्झीएको छ । विगतको कैयन समयमा पार्टीको नेतृत्व, नीति, विचार र विश्लेषणमा विभिन्नताहरु थिए जसका कारण फरक फरक बुझाईहरु रहने गर्दथे । यस अवघीमा मुल नेतृत्व र पार्टी नीतिमा कही पनि मतभेद छैन तर पार्टी अध्यक्ष र महासचिवको नाम लिदै उहाँले यस्तो भन्नु भएको छ उस्तो भन्नु भएको छ भनेर तलतलसम्म आफ्नो स्वार्थका रोटी सेक्ने काम भएको छ । पार्टी कार्यालयमै बसेर देशभरी गुटलाई प्रश्रय दिने काम भएको छ । केही सिमित मानिसहरु पार्टीका आधिकारिक व्यक्ति बन्ने र अरुलाई दोश्रो दर्जाको  सदस्यको रुपमा व्यवहार गर्ने गलत प्रबृत्तिहाबी भएको छ ।

विश्व कम्युनिष्ट आन्दोलनमा पार्टी भनेको केन्द्रीय कमिटी, केन्द्रीय कमिटी भनेको महासचिव वा अध्यक्ष, पार्टी निर्णय भनेको केही निश्चित व्यक्तिहरु बसेर गरेको सल्ल्लाहा र त्यसलाई औपचारिकता दिन कमिटीका बैठक भन्ने गलत अभ्यासलाई जनताको बहुदलिय जनवादले सच्यायो । पार्टी जीवनको आन्तरिक लोकतान्त्रिकरणको नीतिबाट पार्टीका सबै सदस्यलाई सार्वभौम बनाउने महत्वपूर्ण उपलव्धी नेपालको कम्युनिष्ट आन्दोलनले  प्राप्त गर्यो । त्यस बमोजिमको व्यवहार हुन सकिरहेको छैन । हामी खासखास समयमा  चुकिरहेका छौ ।  एमालेलाई निर्णायक राष्टिय शक्ति बनाउनको लागि गुटबन्दी अन्त्य गरिनु पर्दछ ।

 

शनिबार ११ साउन २०८२ १२:०८ PM मा प्रकाशित

प्रतिक्रिया