×

घोराही सिमेन्ट इन्डस्ट्रीको कारोबार शंकास्पद, नयाँ–नयाँ काण्डको पर्दाफास

images

काठमाडौं । सर्वसाधारणदेखि नियमक निकायसम्मलाई झुक्याउन असफल प्रयास गरिरहेको घोराही सिमेन्ट इन्डस्ट्रीको एकपछि अर्को गर्दै नयाँ–नयाँ काण्डको पर्दाफास हुँदै गएको छ ।

झुटो विवरण पेस गरेर आईपीओ जारी गर्नेदेखि नक्कली आवेदन देखाएर सर्वसाधारणलाई ठग्ने प्रयास गरिरहेको उक्त कम्पनीबाट अवैध एवम् अपारदर्शी आर्थिक कारोबार हुने गरेको रहस्यसमेत खुलेको छ ।

कम्पनीले विदेशी कम्पनीसँग नक्कली बिलमार्फत् करोडौं रुपियाँको कारोबार गर्ने गरेको तथ्य नेपाल समाचारपत्र दैनिकले फेला पारेको हो ।
नेपाल समाचारपत्रलाई प्राप्त तथ्यअनुसार घोराही सिमेन्टले आशिष ट्रान्सपोर्ट कर्र्पोरेसनसँगको कारोबार अवैध र शंकास्पद रहेको छ । उक्त ट्रान्सपोर्टको प्यान, भ्याट नम्बर जस्ता करमा दर्ता नभएको कम्प्युटर प्रिन्टका बिलबाट करोडौं रुपियाँ भुक्तानी गर्दै आएको फेला परेको छ ।

कोइला खरिद, ढुवानीलगायतका नाममा सो कम्पनीले जारी गरेको बिलमा कम्पनीको दर्ता नम्बरसमेत उल्लेख छैन । भारतको उत्तरप्रदेशस्थित कतरा रेलवे स्टेसननजिक शाखा कार्यालय रहेको मात्रै बिलमा उल्लेख छ । साथै उक्त कम्पनीको बिलमा ट्रान्सपोर्ट एन्ड कमिसन एजेन्ट उल्लेख गरिएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट

सोमबार ११ असार २०८० ०८:२९ AM मा प्रकाशित

प्रतिक्रिया