×

रास्वपा पनि सरकारमा सहभागी हुने, विराजभक्त र सोविता मन्त्री बन्दै

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीपनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई दोस्रो पटक पनि विश्वासको मत दिएको रास्वपा यसअघि सरकारबाट बाहिरिएको थियो ।

तर, नयाँ परिस्थितिअनुसार सहकार्य गर्न प्रधानमन्त्री दाहालले राखेको प्रस्तावप्रति रास्वपाका सभापति रवि लामिछाने सकारात्मक देखिएसँगै सत्ता–सहकार्य पनि हुन लागेको हो ।

प्रधानमन्त्री दाहालले भोलि सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । त्यसको लागि दलहरुले आजै मन्त्रीहरुको नाम दिनुपर्नेछ । प्रधानमन्त्री दाहालले रास्वपालाई तीन मन्त्रालय अफर गरेका छन् ।

त्यसमा रास्वपाको नेतृत्व सकारात्मक बनेको छ। कांग्रेस ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ। माओवादीले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय राख्नेछ ।

जसपा, नेकपा (एकीकृत समाजवादी) लाई २/२ मन्त्रालय दिने र आम जनता पार्टीका प्रभु साह र लोसपालाई एक-एक मन्त्रालय छुट्याईएको प्रधानमन्त्री दाहालनिकट स्रोतको दाबी छ । कांग्रेसबाट भने उपसभापति पूर्णबहादुर खड्काले सरकारको नेतृत्व गर्ने भएका छन् । उनी उपप्रधान एवम् रक्षामन्त्री बन्ने सम्भावना प्रवल रहेको छ ।

अर्थमन्त्रीमा भने डा. प्रकाशशरण महतले बाजी मार्ने भएका छन् । माओवादी केन्द्रबाट उपप्रधान एवम् भौतिक पूर्वाधारमन्त्री रहेका नारायणकाजी श्रेष्ठ भने अब उपप्रधान एवम् गृहमन्त्री बन्ने भएका छन् । रास्वपाले यसपटक विराजभक्त श्रेष्ठ, सोविता गौतमलगायतलाई मन्त्री बनाउने तयारी गरेको छ।

आइतबार​ १२ चैत २०७९ ०८:५५ PM मा प्रकाशित

प्रतिक्रिया