×

मधेसमा आक्रामक रूपमा अघि बढ्दै ओली

images

अर्को महिना (वैशाख) देखि मुलुकमा 'चुनावी वर्ष सुरु हुँदैछ। वैशाख ३० लाई स्थानीय तह निर्वाचनको मिति तोकिएको छ। कात्तिक - मंसिरमा प्रदेश र संघको चुनाव हुने सम्भावना छ । त्यही भएर एमाले अध्यक्ष केपी ओली मधेसमा पार्टीको प्रभाव' जमाउन सक्रिय छन् । त्यहाँका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउँदै स्थानीय तहमा तराई/मधेसमा पार्टीको स्थिति मजबुत बनाउनतिर ओली क्रियाशील छन्।

हिमाल र पहाडमा एमालेको संगठन 'मजबूत' नै मानिन्छ। विगतमा 'मधेस र संघीयता' विरोधीको 'ट्याग' एमालेमाथि छ। त्यही भएर एमाले अध्यक्ष ओलीको ध्यान तराई मधेसमा केन्द्रित रहेको एमालेकै नेताहरू बताउँछन् । सत्ता सहयात्री दलहरू गठबन्धन बनाएर चुनावमा जाने तयारी गरिरहेका बेला एमाले अध्यक्ष ओली भने तराई-मधेसका जनप्रतिनिधिलाई पार्टीलाई धमाधम भित्र्याउँदैछन्।

चुनाव जित्ने रणनीतिमा ओली छन्। ओली आफै मधेसमा नेताहरू पार्टीमा भित्र्याउन खटिएका छन् । कार्यक्रममा आफै जान्छन्, र नेताहरू प्रवेश गराइरहेका छन्। वीरगन्ज, रंगेली, नेपालगन्ज, कपिलवस्तु, बारालगायत स्थानमा भएको पार्टी प्रवेशमा अध्यक्ष ओली नै गए। एमालेले मधेसमा आक्रामक रूप अगाडि आएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

शनिबार १२ चैत २०७८ ०८:२२ AM मा प्रकाशित

प्रतिक्रिया