×

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा जाँदै

images


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा जाने भएका छन् । गोरखामा हुन लागेको गोरखा महोत्वसमा सहभागि हुन उनी आज बिहान ११ बजे जान लागेका हुन् । 

गोरखाको हरमटारीस्थित खेलकुद मैदान आजबाट सुरु हुने ११ औं गोरखा महोत्सवको उद्घाटनका लागि प्रचण्ड गोरखा जान लागेका हुन् । प्रधानमन्त्री बनेपछि प्रचण्ड गोरखा जान लागेको यो पहिलो पटक हो ।

माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड गत मंसिर ४ मा गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित पनि भएका थिए ।
 

आइतबार​ १४ फागुन २०७९ १०:३३ AM मा प्रकाशित

प्रतिक्रिया