×

प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले गर्यो दल दर्ता

images

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा रहेको नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

मंगलबार आयोग पुगेर पार्टीका निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् ।

प्रतिनिधिसभा सदस्यको निर्वाचन प्रयोजनका लागि यही मंसिर १० गतेसम्मको समय रहेकोमा अहिलेसम्म ६६ दल दर्ता भएका छन् ।

त्यस्तै निर्वाचन आयोगमा दर्ता दलको संख्या भने १३५ पुगेको छ ।

मङ्गलबार १० मंसिर २०८२ ०२:०३ PM मा प्रकाशित

प्रतिक्रिया