×

ब्राजिलका लागि रिचार्लिन पोर्चुगलका लागि रोनाल्डो नायक

images

दोहा । पाँच पटकको च्याम्पियन ब्राजिलले विश्वकप २०२२ मा बिहीबार विजयी सुरुआत लिएको छ । उसले सर्बियालाई सजिलै २–० ले हरायो र त्यसमा दुवै गोल रिचार्लिसनले गरे । गोलरहित बराबरीपछि रिचार्लिसनले ६२ र ७३ औं मिनेटमा गोल गरे र आफ्नो टिमका लागि नायक सावित भए ।

पोर्चुगलका लागि भने विवादबाट गुज्रिरहेका क्रिस्टियानो रोनाल्डो नायक रहे । उनको एक गोलको मदतले पोर्चुगललले घानालाई ३–२ ले हरायो । यसैक्रममा रोनाल्डो आफू सहभागी सबै पाँच संस्करणका विश्वकपमा गोल गरेका खेलाडी बने । गोलरहित बराबरीपछि रोनाल्डोले ६५ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् ।

त्यस अगाडि उरुग्वे र दक्षिण कोरियाबीचको खेल भने रोमाञ्चक त रह्यो, कुनै गोल निस्केन र दुवै टिमले एक एक अंकमै चित्त बुझाए । दिनको पहिलो खेलमा भने स्विटजरल्यान्डले क्यामरुनलाई १–० ले हरायो । त्यसमा निर्णायक गोल ब्रिल एन्बोलोले गरे । संयोग कस्तो भने  गोलकर्ताको जन्म क्यामरुनमै भएको थियो, उनले आफ्नै मातृभुमिविरुद्ध गोल गरे । 

शुक्रबार​ ९ मंसिर २०७९ ०७:५४ AM मा प्रकाशित

प्रतिक्रिया