काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खानले बच्चाको पिता बन्ने इच्छा व्यक्त गरेका छन् ।
अभिनेत्री ट्विंकल खन्ना र काजोलको टक शो 'टू मच' को पहिलो एपिसोडमा अभिनेता आमिर खानसँग देखा परेका सलमानले आफु पिता बन्ने बताएका हुन् ।
यस शोमा आमिर र सलमानले आफ्नो करियर, व्यक्तिगत जीवन र मित्रताको बारेमा कुरा गरेका थिए ।
सलमानले आफ्नो व्यक्तिगत जीवन बारे कुरा गर्दै छिट्टै पिता बन्ने बताएका हुन् । उनले भनेका छन्- 'बच्चाहरू हुनेछन्, चाँडै जन्मनेछन् । आउने समयको प्रतीक्षा गर्नुहोस्, र हामी हेर्नेछौं ।'
५९ बर्षिय अविवाहित सलमानले पिता बन्ने इच्छा व्यक्त गरेसँगै उनले सेरोगेसीबाट बच्चा जन्माउन सक्ने बताइएको छ । यसअघि सेरोगेसीबाट कैयौं बलिवुड सेलिब्रेटी माता पिता बनेका छन् । जसमा करण जोहर, तुषार कपुर, एकता कपुर रहेका छन् । त्यस्तै शाहरुख खानका कान्छा छोरा अब्राम खान पनि सेरोगेसीबाट जन्मिएका हुन् ।
प्रतिक्रिया