×

फ्लड लाइट जडान गरेर राति पनि तुईन खोलाको पहिरो हटाइदै

images

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य फ्लड लाइट जडान गरेर जारी रहेको छ । सडक डिभिजन कार्यालय भरतपुरले फ्लड लाइटको व्यवस्था गरेर राति पनि तुइन खोलाको पहिरो पन्छाउने कार्य गरिरहेको बताएको छ ।

पहिरो पन्छाउने कार्य हाल अन्तिम चरणमा रहेको र थप पहिरो नआएमा आजै राति सडक सुचारु हुने सम्भावना रहेको छ । मंगलबार दिउसो ठुलो पहिरो खसेर अवरुद्ध रहेको मुग्लिन नारायणगढ सडक हालसम्म अवरुद्ध रहेको छ ।    

 

बिहीबार ९ असोज २०८२ ०८:३० PM मा प्रकाशित

प्रतिक्रिया