×

विशिष्ठहरुको सुरक्षामा तैनाथ ३१६ प्रहरी फिर्ता

images

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता भइसकेको बताएका छन ।  आइतबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस्तो बताएका हुन्। 

मन्त्री श्रेष्ठले विशिष्ट व्यक्तिहरुको व्यवस्थापन कार्यविधि २०७७ विपरीत बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका नेपाल प्रहरीका १९० जना र सशस्त्र प्रहरीका १२६ जनासहित ३१६ सुरक्षाकर्मी फिर्ता भइसकेको बताए। 
 

आइतबार​ १० असार २०८० ०१:५३ PM मा प्रकाशित

प्रतिक्रिया