×

बेपत्ता खोज्दै मोती र पिक्कु

images

संखुवासभा । संखुवासभाको बाढी र पहिरोमा परी बेपत्ता भएका २० जनाको शनिवारबाट तालिम प्राप्त कुकुर परिचालन गरी खोजी कार्य शुरू गरिएको छ । बाढीपहिरोमा परी बेपत्ताको एक सातासम्म खोजी जारी राख्दा पनि नभेटेपछि तालिमप्राप्त कुकुर मोती र पिक्कुबाट खोजी कार्य शुरू गरिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण गत शनिवार राति आएको बाढी र पहिरोमा परी संखुवासभाको हेवाखोलामा १७, पिलुवाखोलामा १ र सभाखोलामा २ जना अझै बेपत्ता भएका छन् । बेपत्ताको स्थानीयवासीलगायत सुरक्षाकर्मीको टोली परिचालन गरी एक सातासम्म खोजी जारी राखे पनि नभेटिएपछि नेपाल प्रहरीले सुनसरीको धरानबाट तालिम प्राप्त कुकुर ल्याई सभाखोलाबाट खोजी कार्य शुरू गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।

बाढीपहिरोले खोला किनारमा अत्यधिक बालुवा गेग्रान थुपारेको र खोलाको सतह पनि माथि उठेको छ । खोलामा गेग्रान, ढुङ्गा पनि धेरै माथिसम्म आएकाले उत्खनन गरेर खोज्न सकिने अवस्था नभएकाले तालिम प्राप्त कुकुरबाट बेपत्ताको सभाखोलाबाट खोजी गर्दै हेवाखोला र पिलुवा खोलामा खोजी भइरहेको हो । तालिम प्राप्त कुकुरसँग जनपथ प्रहरी, सेनालगायत स्थानीयवासीको टोली रहेको छ । नेपाल समाचारपत्र दैनिकबाट

आइतबार​ १० असार २०८० ०८:५२ AM मा प्रकाशित

प्रतिक्रिया