×

मुद्दा दर्तापछि लामिछाने भन्छन, मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ

images

काठमाडौं। सर्वोच्च अदालतले बुधवार सभापति रवि लामिछानेविरुद्ध मुद्दा दर्ता गरेपछि बिहीबार बिहान उनले सामाजिक सञ्जालबाट मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताएका छन् । ‘मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ उनले भने ।  आज सामाजिक सञ्जाल मार्फत लामिछानेले आफुविरुद्ध निरन्तर मुद्दा दर्ता गरेर इरिटेटे बनाएको टिप्पणी गरेका छन् ।

उनी लेख्छन्

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१.सर्वोच्च अदालतको मिती २०७९-१०-१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य उल्लेख गरेको छ।
२. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०र०२र ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५-०३-०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४. घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ

उनीमाथि सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै पुन: हिजो युवराज सफलले सर्वोच्चमा अर्को रिट दायर हालेका छन् ।

 

 
बिहीबार ११ जेठ २०८० ११:३० AM मा प्रकाशित

प्रतिक्रिया