×

वैदेशिक रोजगारीमा ठगी गर्ने शर्मा पक्राउ

images

वैदेशिक रोजगारी ठगी कसुरमा सजाय सुनाइएका यहाँ एक पुरुषलाई प्रहरीले दुई वर्षपछि पक्राउ गरेको छ । 

बागलुङ नगरपालिका–१२ अमलाचौरका ४२ वर्षीय प्रकाश शर्मालाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको हो । उनलाई वैदेशिक रोजगारी ठगी कसुरमा वैदेशिक रोजगार न्यायाधीकरण इजलाश काठमाडाँैले दुई वर्ष पहिले सजाय सुनाएको थियो । शर्मालाई एक वर्ष पाँच महिना कैद र एक लाख ५० हजार जरिवाना फैसला सुनाइएको थियो । 

सोही दिनदेखि शर्मा फरार थिए । फरार प्रतिवादी घरमै लुकेर बसेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले आज घरबाटै पक्राउ गरी जिल्ला अदालत बागलुङमा बुझाएको जिप्रकाका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।
 

बुधबार ११ जेठ २०७९ ०९:०२ PM मा प्रकाशित

प्रतिक्रिया