×

एक करोड १० लाख बिगो कायम भएका फरार प्रतिवादी पक्राउ

images

बैंकिङ कसुर मुद्दामा रु एक करोड १० लाख बिगो कायम भई फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका–१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्रप्रकाश सुवेदीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उक्त कसुरमा उच्च अदालत पाटन ललितपुरबाट २०७८ साल फागुन २० गते पक्राउ अनुमतिसमेत जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको पक्राउ गरेको हो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको जनाइएको छ ।

बुधबार ११ जेठ २०७९ १०:०५ PM मा प्रकाशित

प्रतिक्रिया