×

चितवन-२ मा रवि लामिछाने विजयी, लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५

images

काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।

चितवन २ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए । यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए । 

यसअघि मङ्सिर ४ को निर्वाचनमा  पनि लामिछाने भारी मतका साथ विजयी भएका थिए । अहिले उनले त्यति बेला पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गरे ।  गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए । अहिले उनले ४ हजार ८७४ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।

एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।

उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए ।

मङ्गलबार १२ बैशाख २०८० १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया