×

कामपामा ११६ जनप्रतिनिधिले दिए राजिनामा

images

काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजिनामा दिनुभएको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उहाँहरूले हाल बहाल रहेको पदबाट राजिनामा दिनुभएको हो । 

आज  ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजिनामा दिनुभएको छ भने ८७ वडा सदस्यहरूले पनि आजै राजिनामा दिनुभएको कमपाको सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजिनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी मान्यताअनुसार जनप्रतिनिधिले राजिनामा दिनुभएको हो ।

कामपाको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजिनामा आउन बाँकी छ । भोलिसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी रहेकाले अरु जनप्रतिनीधिबाट राजीनामा आउन सक्ने कामपाको भनाइ छ । निर्वाचनमा उमेदवारी नदिने हो भने राजिनामा दिनुपर्ने छैन । कामपामा प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधि हुनुहुन्छ । 

सोमबार १२ बैशाख २०७९ १०:०१ AM मा प्रकाशित

प्रतिक्रिया