काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको स्वामित्व नेपाली कांग्रेसले लिन नसक्ने स्पष्ट पारेका छन्। उनले कुलमानलाई हटाउनुपर्ने सरकारी निर्णयको पुष्टि न सरकार न पार्टीले रहेको तर्क गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी: कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले। नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न। यसरी कतिदिन चल्ने र चलाउने? विनाशकाले विपरित बुद्धि।’
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।
प्रतिक्रिया