सर्वोच्चको फैसला  : ‘बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू’

    images


    काठमाडौँ, १२ चैत  :  सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनू भनी फैसला गरेको छ ।
     
         न्यायाधीशहरू डा कुमार चुडाल र सारङ्गा सुवेदीको इजलासले आज   बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन फैसला गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीका अनुसार उक्त मेडिकल कलेजलाई सम्वन्धन दिन आदेश गरेको हो । फैसलाको पूर्णपाठ पछि आउनेछ ।
     
           मेडिकल व्यवसायी दुर्गा प्रसाईंले २०७७ मै सम्बन्धन पाउनुपर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

    सोमबार १२ चैत २०८० ०६:५५ PM मा प्रकाशित

    प्रतिक्रिया