×

इरान विश्वकै एक नम्बर आतंकवाद प्रायाेजक-

images

अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘विश्वकै आतंकवादको नम्बर एक प्रायोजक’ भनेका छन्। बुधबार देशको संसद् (कंग्रेस) लाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले सकेसम्म वार्तामार्फत सम्झौताको प्रयास भइरहेको उल्लेख गर्दै इरानलाई कडा चेतावनी दिएका हुन्।

इरान अमेरिकाको आक्रमणबाट बच्न सम्झौतामा पुग्न चाहन्छ, तर अहिलेसम्म आणविक हतियार विकास नगर्ने वाचा गरेको छैन’, संसद्‌मा ट्रम्पले भने, ‘मेरो प्राथमिकता कूटनीतिमार्फत यो समस्या समाधान गर्नु हो। तर एउटा कुरा निश्चित छ: म विश्वको आतंकवादको नम्बर एक प्रायोजकलाई कहिल्यै आणविक हतियार राख्न दिने छैन।’

यस क्रममा ट्रम्पले अपरेसन ‘मिडनाइट ह्यामर’को प्रसंग पनि उल्लेख गरे। गत वर्ष अमेरिकाले इरानको आणविक पूर्वाधारमा हवाई आक्रमण गरेको थियो। जसलाई ‘मिडनाइट ह्यामर’ नाम दिइएको थियो।

ट्रम्पले भने, ‘मिडनाइट ह्यामरपछि इरानलाई आफ्नो हतियार कार्यक्रम पुन: सुरु गर्ने प्रयास नगर्न चेतावनी दिइएको थियो। तैपनि तर पनि उसले त्यही गरिरहेको छ र यसबेला ऊ फेरि आफ्नो खतरनाक आणविक महत्वाकांक्षामा अगाडि बढिरहेको छ।’

अमेरिकाले इरानलाई लक्ष्य गरी मध्यपूर्वमा ठुलो र शक्तिशाली नौसेना जहाज तैनाथ गरेको छ। यद्यपि दुई देशबिच वार्ता पनि जारी छ। अर्को वार्ता आगामी बिहीबार स्विट्जरल्यान्डको जेनेभामा हुने तय भएको छ।

बुधबार १३ फागुन २०८२ ०८:०८ PM मा प्रकाशित

प्रतिक्रिया