काठमाडौ । साताको पहिलो दिन आइतबार सेयरबजार परिसूचक नेप्से ५७.५५ अंकले बढेर २ हजार ७७२.१७ विन्दुमा कायम भएको छ । आइतबार सेयरबजारमा ३३१ कम्पनीका सेयर कारोबार भएका छन् ।
यी मध्ये २४० कम्पनीका सेयरमूल्य बढेका छन् भने १९ कम्पनीका सेयरमूल्यमा गिरावट आएको छ । आज सेयरबजारमा तीन करोड ९ लाख १५ हजार १८३ कित्ताा सेयर १३ अर्ब ७८ करोड ५७ लाख ३० हजार रुपैयाँमा किनबेच भएको छ ।
आज सेयरबजारमा सूचीकृत सबै समूहका परिसूचक सकारात्मक रहेका छन् । सबैभन्दा धेरै होटेल तथा पर्यटक समूहको परिसूचक ३.३५ प्र्रतिशतले बढेको छ । एसवाई प्यानल नेपाल लिमिटेड,श्रीनगर एग्रिटेक इन्ड्रिष्टीज तथा नेपाल माइक्रो इन्सुरेन्स कम्पनीका सेयरधानीले सबैभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने एभरेष्ट बैंकको डिवेञ्चरमा लगानीकर्ता, एक्सेल डेभलपमेन्ट बैंक तथा कर्पोरेट डिभलपमेन्ट बैंकका सेयरधनी रहेका छन् ।
प्रतिक्रिया