×

मध्य आकाशमा समस्या भएको श्री एयरलाइन्सको विमान काठमाडौँमा सुरक्षित अवतरण

images

काठमाडौँ, ८ मङ्सिर :  काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।
उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले राससलाई जानकारी दिनुभयो । 
 
प्राविधिक समस्या उत्पन्न भएको विमानका  यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर  गन्तव्यतर्फ पठाइएको जानकारी व्यवस्थापक मानन्धरले बताउनुभयो ।

शुक्रबार​ ८ मंसिर २०८० ०७:१३ PM मा प्रकाशित

प्रतिक्रिया