×

साफ महिला च्याम्पियनसिप- नेपाल बन्यो समूह विजेता, श्रीलंका ६-० गोल अन्तरले पराजित

images

काठमाडौं। नेपाल समूह विजेता हुँदै काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले पराजित गर्दै नेपाल समुह विजेता बनेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६–० ले हराएको हो । अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तिमा ६–० को जित चाहिएको थियो ।

नेपालका लागि रेखा पौडेलले २ गोल गरेकी थिइन् भने सावित्रा भण्डारी, अमिषा कार्की, सबिता राना मगर र रश्मी राना मगरले एक एक गोल गरेका थिए।

यो जितपछि नेपालको समुह बी मा ३ खेलमा ७ अंक भएको छ र शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै ४ खेलमा ७ अंक नै भएको भुटान गोल अन्तरको आधारमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

त्यसैगरी समूह बी बाट श्रीलंका र माल्दिभ्स भने बाहिरिएका छन्। अब नेपालले सेमिफाइनलमा समूह ए को उपविजेता भारतसँग खेल्ने छ भने भुटानले समुह ए को विजेता बंगलादेशसँग खेल्ने भएको छ।  सेमिफाइनलका खेल २७ अक्टोबरमा हुने छन्। 

बिहीबार ८ कात्तिक २०८१ ०८:२१ PM मा प्रकाशित

प्रतिक्रिया