×

दोहोरो अंकले घटेर बन्द भयो नेप्से

images

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ भने कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । आज नेप्से १८ दशमलब २५ अंकले घटेर २ हजार ६ सय २७ दशमलब १४ मा आइपुग्दा कारोबार रकम पनि ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार रुपैयाँमा खुम्चिएको छ । अघिल्लो दिन ६ अर्ब २७ करोडको कारोबार भएको थियो ।

आज ६७ कम्पनीको मूल्य बढ्दा १७० कम्पनीको घट्यो भने ७ कम्पनीको स्थिर रह्यो । १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ भने जलविद्युत उपसमूहको परिसूचक मात्रै बढेको छ ।आज एसबिआई बैंकको शेयरमूल्य सर्वाधिक ९.७५ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने सनराइज ब्लुचिप फण्डको इकाईमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ ।

यस्तै, आज रावा इनर्जी डेभलपमेन्टको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ८८ रुपैयाँ ८० पैसा घटेर ७९९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । कारोबार रकमका आधारमा यस दिन एनएलजी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको यस दिन ३४ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बिहीबार ८ कात्तिक २०८१ ०८:३३ PM मा प्रकाशित

प्रतिक्रिया