×

लद्दाखमा हिंसात्मक प्रदर्शन, भाजपाको कार्यालय जलाइयो

images

काठमाडौँ । भारतको केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने माग गर्दै हिंसात्मक प्रदर्शन भएका छन् । विद्यार्थीहरूले प्रहरी र सुरक्षा बलसँग झडप भएको छ । मिडिया रिपोर्ट अनुसार प्रदर्शनकारीले भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुङ्गा प्रहार गरे र सीआरपीएफको गाडीमा आगजनी गरेका छन् ।

यी विद्यार्थीहरू विगत १५ दिनदेखि आमरण अनशनमा रहेका सामाजिक कार्यकर्ता सोनम वाङचुकको समर्थनमा विरोध प्रदर्शन गरिरहेका थिए । पूरा नभएका मागहरूको विरोधमा प्रदर्शनकारीहरूले आज बन्दको आह्वान गरेका थिए, जसले गर्दा हिंसा भएको बताइएको छ ।

हिंसा पछि, वाङचुकले भने- 'यो लद्दाखको लागि दुखद दिन हो । हामी पाँच वर्षदेखि शान्तिको बाटोमा हिँडिरहेका छौं । हामीले उपवास बस्यौं, लेहबाट दिल्लीसम्म पैदल हिँड्यौं । आज, हामी शान्तिको सन्देश असफल भएको देखिरहेका छौं । हिंसा, गोलीबारी र आगजनी भइरहेको छ । म लद्दाखको युवा पुस्तालाई यो मूर्खता रोक्न अपील गर्दछु । हामी हाम्रो अनशन तोड्दैछौं र विरोध प्रदर्शन बन्द गर्दैछौं ।'

यी मागहरू सम्बन्धी अर्को बैठक अक्टोबर ६ मा दिल्लीमा हुनेछ । २०१९ मा धारा ३७० र ३५ए खारेज गर्दा जम्मू कश्मीर र लद्दाखलाई दुई केन्द्र शासित प्रदेशको रूपमा सिर्जना गरिएको थियो । सरकारले राज्यको अवस्था सामान्य भएपछि पूर्ण राज्यको दर्जा पुनर्स्थापित गर्ने वाचा गरेको थियो  । 

बुधबार ८ असोज २०८२ ०८:२७ PM मा प्रकाशित

प्रतिक्रिया