×

आईसीसी टी–२० विश्वकप- वेष्टइण्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

images

काठमाडौँ । आयोजक वेस्ट इन्डिजलाई पराजित गर्दै दक्षिण अफ्रिका आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।  सोमबार बिहान भएको खेलमा वेस्ट इन्डिजमाथि डिएलएस मेथडमा ३ विकेटको जित निकाल्दै दक्षिण अफ्रिका अन्तिम चारमा प्रवेश गरेको हो।

  वेस्ट इन्डिजको हारले जारी विश्वकपका दुवै आयोजक टोली सुपर ८ बाट बाहिरिएका छन्। दक्षिण अफ्रिका सुपर–८ को ग्रुप बी बाट ६ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । जारी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार सातौं जित हो । १२३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । १३६ रनको लक्ष्य पछ्याउनेक्रममा दक्षिण अफ्रिका २ ओभरमा १५–२ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । पुन : खेल सुरु हुन ढिलो हुँदा तीन ओभर घटेको थियो ।

दक्षिण अफ्रिका जितमा युवा ब्याटर ट्रिस्टन स्टब्सले २७ बलमा ४ चौकासहित सर्वाधिक २९ रन बनाए । ओपनर क्विन्टन डि कक १२, रिजा हेन्ड्रिक्स शून्य, एडेन माक्ररम १८ र डेविड मिलर ४ रनमा बोल्ड आउट भए । मार्को यानसन १४ बलमा १ चौका र १ छक्कासहित २१ र कागिसो रबाडा ५ रनमा नट आउट रहे । उक्त समूहबाट इङ्ल्यान्ड उप–विजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो । टी–२० विश्वकपमा दक्षिण अफ्रिकाको यो तेस्रो सेमिफाइनल यात्रा हो । 

दक्षिण अफ्रिका यसअघि सन् २००९ र सन् २०१४ मा टी–२० विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । तर, दक्षिण अफ्रिका हालसम्म सेमिफाइनलभन्दा अगाडि भने बढ्न सकेको छैन । यसपटक दक्षिण अफ्रिका आफूले खेलेको सबै खेल जित्दै सेमिफाइनलमा प्रवेश गरेको हो । 

दक्षिण अफ्रिकाले प्रारम्भिक चरणमा चारवटा खेलमा जित हात पार्‍यो । यसका अतिरिक्त दक्षिण अफ्रिकाले ‘सुपर–८’ चरणमा पनि तीनवटा खेलमा सफलता हात पार्‍यो । पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि रोस्टन चेजले अर्धशतक बनाएका थिए ।

तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ४२ बलमा दुई छक्का र तीन चौकाको मद्दतले ५२ रन बनाएका थिए ।  ग्रुप–२ बाट दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । इंग्ल्यान्ड ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रह्यो । सेमिफाइनलमा दक्षिण अफ्रिकाले ग्रुप १ को उपविजेता र इंग्ल्यान्डले विजेतासँग खेल्नेछ । ग्रुप १ बाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ ।
 

सोमबार ११ असार २०८१ ११:३७ AM मा प्रकाशित

प्रतिक्रिया