×

आक्रामक हुँदै रविले भने, “प्रधानमन्त्रीको मुटु कामेकोजस्तो लागेकोले चेक गर्नुपरेको छ”

images


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताएका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सरकारी नीति तथा कार्यक्रममाथि भएको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुटु नकमाई अनुसन्धान हुने बताएका प्रधानमन्त्रीको मुटु कामेकोजस्तो लागेकोले चेक गर्नुपरेको लामिछानेको भनाइ छ।

‘प्रधानमन्त्रीजी, तपाईंले मुटु कमाउँदिनँ भन्नुभएको छ। अब म तपाईंको मुटु चेक गर्न चाहन्छु, कुन अस्पतालमा चेक गर्ने भन्नुस्,’ बुधबारको प्रतिनिधि सभा बैठकमा लामिछानेले भने, ‘काम्दैन भनेको तपाईंको मुटु काम्यो कि भन्ने मलाई शंका लागेको छ।’ भुटानी शरणार्थी प्रकरणमा नाम आएका विभिन्न मानिसलाई बयानसमेत नलिइएको लामिछानेको भनाइ छ।

‘एकपटक बयानका लागि पनि नबोलाउने भनेको अविश्वासको वातावरण सिर्जना भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बेइज्जत भएको यो विषयलाई सामसुम थामथुम नगर्नुहोला। तीन पार्टी (कांग्रेस, एमाले र माओवादी) बसेर तपाईंहरूले खासखुस गर्नुभयो। त्यसको गन्ध संसदसम्म ठासठुस आयो। देशभरि त्यसको गन्ध गयो। रोक्नुस्।’

बुधबार १० जेठ २०८० ०२:५५ PM मा प्रकाशित

प्रतिक्रिया