×

साइबर अपराधको जोखिम बढ्दो

images

काठमाडौं । नेपालमा साइबर अपराधको जोखिम बढ्दै गएपछि सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गर्न लागेको छ ।

ग्लोबल साइबर सेक्युरिटी इन्डेक्समा नेपाल ९४ औं स्थानमा छ भने राष्ट्रिय साइबर सुरक्षा सूचकांकमा १ सय ६० देशमध्ये १०१ औं स्थानमा छ । विश्वव्यापी साइबर सुरक्षा सूचकांकमा नेपालको स्कोर ४४ दशमलव ९९ प्रतिशत छ ।

साइबर सुरक्षाको हिसाबले चुनौती रहेकाले नै साइबर आक्रामणबाट हुन सक्ने क्षति न्यूनीकरण र भविष्यमा हुन सक्ने आक्रमणबाट सुरक्षित रहन साइबर सुरक्षासम्बन्धी राष्ट्रिय नीति सरकारले जारी गर्न लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता नेत्रप्रुसाद सुवेदीले बताए । आजको राजधानी दैनिकबाट

सोमबार ११ बैशाख २०८० ०९:१७ AM मा प्रकाशित

प्रतिक्रिया