×

वास्तविक सुकुमवासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं-प्रधानमन्त्री बालेन्द्र शाह

images

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौं उपत्यकाका खोला किनारमा रहेका सुकुम्वासी बस्तीलाई मानवीय ढंगले सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री शाहले हरेक वर्ष बाढीका कारण हजारौं नागरिकको विचल्ली हुने गरेकाले त्यसको व्यवस्थापन प्रधान विषय भएको बताएका हुन्।

उनले यो समस्या वर्षौंदेखि दोहोरिँदै आएकोमा अब यसलाई थाती नराखी दीर्घकालीन समाधान आवश्यक रहेको उनले बताए।

प्रधानमन्त्री शाहले खोला किनारका बस्तीका कारण डुबानको जोखिम मात्रै नभई ढल निकास प्रणालीमा समेत अवरोध पुगेको बताएका छन्। जसले उपत्यकाको वातावरणीय समस्या थप जटिल बनाएको उनको भनाइ छर

उनले थापाथली, गैरीगाउँ, मनोहरालगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीहरूलाई बल प्रयोग नगरी मानवीय ढंगले स्थानान्तरण गरिने दाबी गरेका छन्।

देशभरका वास्तविक सुकुमवासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौं । वर्षौं पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ। यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थाती नराखी उहाँहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु,’ उनले भने।

उनले आफूले अघिल्लो राजनीतिक यात्रादेखि नै गरेका प्रतिबद्धताहरू सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणप्रति सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। यस सन्दर्भमा देशभर रहेका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर यथाशीघ्र जग्गा वितरण गर्ने योजना पनि अघि सारिएको छ।

प्रधानमन्त्री शाहले देशभरका सुकुम्बासी समस्या र काठमाडौंका नदीकिनारका बस्तीको अवस्था फरक रहेको उल्लेख गर्दै दुवैलाई छुट्टाछुट्टै दृष्टिकोणबाट समाधान गरिने बताएका छन्। वर्षौँदेखि जटिल बनेको यो समस्याको स्थायी समाधान वर्तमान सरकारले गर्ने विश्वास व्यक्त गर्दै उनले नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन्।

शुक्रबार​ ११ बैशाख २०८३ ०८:२६ PM मा प्रकाशित

प्रतिक्रिया