×

बढ्यो सुनको मूल्य

images

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ७५ सयले घटेको सुनको मूल्य बिहीबार सामान्य बढेको छ। बुधबारको तुलनामा बिहीबार सुन मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो।

बुधबार १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो।

बिहीबार ११ बैशाख २०८२ ११:४५ AM मा प्रकाशित

प्रतिक्रिया