ओलीको कटाक्षः सरकारलाई सुझाव दिनु भनेको भैँसीको अगाडि बीन बजाए जस्तै

    images

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सुझाव दिनु भनेको भैंसीको अगाडि बीन बजाउनुजस्तै भएको बताएका छन्।

    आज (शुक्रबार) राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सुझाव दिनु भनेको भैँसीको अगाडि बीन बजाए जस्तै भएको बताएका हुन्।

     अध्यक्ष ओलीले नेपालमा जुत्ता–चप्पल उद्योगको दिगोपनाका लागि अवैध रूपमा भित्रने जुत्ता चप्पल सरकारले नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याए । त्यसै गरी उनले नेपाली उद्योगको प्रवर्द्धनका लागि सरकारले कच्चा पदार्थको आयातलाई सहज र सस्तो बनाउनुपर्ने बताए ।

    ‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दी उखान, भैँसके आगे बीन बजाए, भैँस रहे पगराए भनेजस्तै छ। भैँसीको अगाडि बीन बजायो भने उग्राएर बस्छ। त्यो केही मतलब राख्दैन। त्यस्तै हो।

    अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि। हिजो लुटेर लिएर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुट फर्स्योट गर्नु एउटै कुरा हो’-उनले भने।

    शुक्रबार​ १० चैत २०७९ ०९:५४ PM मा प्रकाशित

    प्रतिक्रिया