×

समाजवादी क्लियर छ, नो एमसिसी : झलनाथ खनाल

images

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले एमसिसीको पक्षमा आफूहरू कहिल्यै नउभिने बताएका छन् । उनले एकीकृत समाजवादी यसअघि देखि नै यो विषयमा क्लियर भएको भन्दै एमसिसीको विपक्षमा आफूहरु पहिले देखि नै भएको बताएका हुन् ।

खनालले अहिलेको प्रावधानअनुसार एमसिसी पारित गर्न नै नसकिने तर्क गरेका हुन् । ‘यसमा समाजवादी पार्टी पहिले देखि नै क्लियर छ,’ उनले भने, ‘हामीले एमसिसी पहिले देखि नै घातक छ भनेका छौँ, यो घातक नै छ ।’

आज बस्ने प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीको विषयमा छलफल हुँदैछ । प्रतिनिधिसभा बैठकअगाडि खनाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।

छलफलपछि एमसिसीबारे छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । त्यहाँ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग यस विषयमा छलफल गरेका छन् । 

बिहीबार १२ फागुन २०७८ ०१:०१ PM मा प्रकाशित

प्रतिक्रिया