×

गजल

images

मितेरीको मित्रताले थिचिएको देश मेरो 
कुटनीति स्वभावले मिचिएको देश मेरो

भृकुटी र बुद्ध अनि सेता हिमश्रृँखलाहरु
विदेशीको क्यामरामा खिचिएको देश मेरो

देशकै लागि जिउज्यान बलिसम्म चढाउने
सहिदको रगतले सिंचिएको देश मेरो

उत्तर हुँदै दक्षिणसम्म फैलिएको ठूलो ठूलो
दुई ढुड्डाले च्यापिएर किचिएको देश मेरो 
                                       
 

शुक्रबार​ १२ फागुन २०७९ ०२:४५ PM मा प्रकाशित

प्रतिक्रिया