काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी नेतृत्वलाई लगातार प्रश्न गरिरहेका छन् । बास्कोटाले पछिल्लो पटक सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो त ? भन्ने प्रश्न गरेका छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता बास्कोटाले के त्यो भुकम्प, सुनामी वा टाईफुन जस्तै अचानकको विपत्ति मात्र थियो ? भन्ने प्रश्न उठाएका छन् । साथै उनले कारणको खोजी, भविष्यको दिशा निर्देश गर्न समीक्षा र सुधार वारे कुरा गर्न मिल्दैन भने वेक अप कल नै डिलिट हान्न आग्रह गरेका छन् ।
उनले भनेका छन्-
सबै ठिकठाक थियो भन्ने ठान्नु एउटा भ्रम थिएन भने कसरी यस्तो भयो त ? के त्यो भुकम्प, सुनामी वा टाईफुन जस्तै अचानकको विपत्ती मात्र थियो ? राज्य संयन्त्र बेखवर थियो, बेपर्वाह थियो । कारणको खोजी, भविष्यको दिशा निर्देश गर्न समीक्षा र सुधार वारे कुरा गर्न मिल्दैन भने वेक अप कल नै डिलिट हान ।
प्रतिक्रिया