×

तनहुँ ऐना पहारा बस दुर्घटना : १४ जनाको मृत्यु

images

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।

दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

पोखराबाट काठमाडौं आउँदै गरेको भारतको उत्तर प्रदेशको नम्बर भएको बस सुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको छ । दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन भने बाँकी रहेको छ।

उद्धार गरिएका १६ जना घाईतेलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ भने अन्यको उद्धार कार्य जारी छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको प्रवक्ता थापाले जानकारी दिए । 

शुक्रबार​ ७ भदौ २०८१ ०२:१२ PM मा प्रकाशित

प्रतिक्रिया