×

इजरायलको आक्रमणमा गाजामा १७ प्यालेस्टिनीको मृत्यु

images

काठमाडौँ । इजरायलको आक्रमणमा गाजामा १७ प्यालेस्टिनीको मृत्यु भएको छ ।

हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्सका प्रवक्ताका अनुसार बुधबार बिहानदेखि गाजामा इजरायली हवाई आक्रमणमा कम्तिमा १७ प्यालेस्टिनीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चार बालबालिका र एक नवजात शिशु रहेको हमासले बताएको छ । प्रवक्ताले तीन अलग-अलग हवाई आक्रमणमा दुई आवासीय अपार्टमेन्ट र एउटा पाल शिविरलाई लक्षित गरिएको बताए ।

यी आक्रमणहरूमा मारिएका १७ जनामा एकै परिवारका आठ सदस्यहरू छन् । प्रवक्ताका अनुसार आक्रमणमा अन्य २४ जना घाइते भएका छन् । उनले खोज तथा उद्धार टोलीहरू अझै पनि घटनास्थलमा शवहरू हटाउन र घाइतेहरूलाई सहयोग गर्नमा संलग्न छन् ।

इजरायली सेनाले यी घटनाहरूमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

 

बुधबार ८ साउन २०८२ ०६:१८ PM मा प्रकाशित

प्रतिक्रिया