×

जुम्लामा सुत्केरीसहित २ महिलाको आगोको धुवाँले निसास्सिएर मृत्यु, ११ दिने बच्चाको अवस्था पनि गम्भीर

images

काठमाडौं । जुम्लामा आगोको धुवाँले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका–६ बाँता भन्ने गाउँकी २२ वर्षीय मायालक्ष्मी महतारा र उनकी १९ वर्षीय बहिनी जुनमाया रोकाया रहेका छन् । कोठामा आगो बाल्दा निस्किएको धुवाले निसास्सिएर दिदीबहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

निसासिएर गम्भीर बिरामी परेकी मायालक्ष्मीको उपचारका क्रममा सोमबार मृत्यु भएको हो। उनकी बहिनी जुनमायाको भने आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

सुत्केरी र नवजात शिशुलाई चिसोबाट जोगाउन बालिएको आगोको धुवाँमा  दिदीबहिनी निसास्सिएका हुन्।  यस्तै ११ दिने बच्चाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । बच्चाको आइसियुमा राखेर उपचार भइरहेको छ । 

मङ्गलबार ८ साउन २०८१ १२:२५ PM मा प्रकाशित

प्रतिक्रिया