×

बालाजु बाइसधारा मेला सुरु

images

काठमाडौँ, ११ वैशाखः स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म जारी रहने छ । 

बालाजु बाइसधारा मेला व्यवस्थापन समितिका संयोजक गौतम प्रजापतिले बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला भर्नका लागि बिहानैदेखि बालाजु बाइसधारामा भक्तजनको घुईँचो लागेको बताउनुभयो । बाइसधारामा स्नान गरे मुक्तिनाथ तथा गोसाइँकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने जनविश्वास छ । 

 भक्तजनलाई स्नान गर्न सहज होस् भन्ने उद्देश्यले  २२ वटै धाराबाट जल प्रवाहको व्यवस्था मिलाइएको छ । मेलामा दुई लाख ३० हजार सहभागी हुने आयोजकको अपेक्षा छ । 

मङ्गलबार ११ बैशाख २०८१ ०९:३९ AM मा प्रकाशित

प्रतिक्रिया