×

अघिल्लो पटकभन्दा राम्रो नतिजा आउछ : रवि लामिछाने

images

चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका रवि लामिछानेले अघिल्लो पटक भन्दा राम्रो नतिजा आउनेमा आफू आशावादी रहेको प्रतिक्रिया दिएका छन् । 

चितवनका पत्रकारहरुसँग कुरा गर्दै उनले सकारात्मक प्रतिक्रिया पाइरहेकाले आफू आशावादी रहेको बताए । उनले भने, ‘मेरो हृदयले शुभदिन भन्छ । बिहानैदेखि उत्साह देखिएको छ । जुन प्रतिक्रिया प्राप्त गरेको छु, एकदम सकारात्मक रुपले लिएको छु । त्यसैले नतिजा असाध्यै उत्साजनक हुनेछ । अघिल्लोपटकको भन्दा पनि राम्रो हुन्छ भन्ने मैले अनुमान गरेको छु ।’

अघिल्लो पटकको भन्दा पनि मत बढ्छ भन्ने लाग्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मैले त्यस्तो अपेक्षा गरेको छु ।’ आफ्ना कोही कार्यकर्ताहरु नभएको भन्दै उनले मतदाताले विवेकपूर्ण ढंगले मतदान गर्ने विश्वास व्यक्त गरे ।

‘बिहानदेखि उत्साह देखिएको छ । त्यसलाई मैले सकारात्मक रूपले लिएको छु । यद्यपि मतदाता कति उपस्थित हुनुहुन्छ थाहा छैन तर पनि नतिजा सकारात्मक हुन्छ भन्नेमा विश्वस्त छु’, लामिछानेले सचेत नागरिकले आफ्नो विवेक प्रयोग गर्नेछन् भन्नेमा ढुक्क रहेको पनि बताए । 

आइतबार​ १० बैशाख २०८० ११:५६ AM मा प्रकाशित

प्रतिक्रिया