×

कृषिलाई आधुनिकीकरण गर्न कृषि औजारमा आधुनिकीकरण आवश्यक छ -- डाक्टर पुन

images

 
काठमाडौँ । वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनले कृषिलाई आधुनिकीकरण गर्न कृषि औजारमा समेत आधुनिकीकरण हुनुपर्ने बताएका छन् । 
आज बिहीबार गैर आवासीय नेपाली सङ्घले परोपकारी कार्य अन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग हस्तान्तरण गरेपछि उनले तराई क्षेत्रहरूमा समेत जग्गाहरु बाँझो देखिन थालेको भन्दै,  आधुनिक कृषि औजारको प्रयोगबाट उत्पादन बढाउनु पर्ने बताए । त्यसका लागि कृषि औजारको प्रयोग पहिलो प्राथमिकता भएको उनको भनाई छ । 
उनले भने  ‘कृषि औजारको एकदमै ठुलो आवश्यकता छ । औजार नभएर नै नेपालको यति धेरै ठाउँमा जग्गाहरू बाँझो भएका छन् ।  पहाडमा त बाँझो देखिनु सामान्य भयो तर तराईका जग्गाहरू समेत बाँझो हुन लागिसक्यो । त्यसैले कृषिलाई आधुनिकीकरण गर्न कृषि औजार जसरी पनि चाहिन्छ । ’
उनले कृषि औजार कारखाना खोलेर त्यसबाट आएको ५० प्रतिशत नाफा सरकारलाई दिने घोषणा समेत गरे । नयाँ नयाँ तरिकाहरू लिएर आउनेहरुसंग सहकार्यका लागि आफू सधैं तयार रहेको उनको भनाई छ । 

बिहीबार ९ चैत २०७९ ०३:५४ PM मा प्रकाशित

प्रतिक्रिया