×

विराटनगरबाट खैरो हेरोइनसहित युवक पक्राउ

images

विराटनगर ।  लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित विराटनगर महानगरपालिका–१२ बाट एकजना युवक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको टोलीले विराटनगर–१२ का २६ वर्षीय कुनाल सिंहलाई मंगलबार साँझ पक्राउ गरेको हो । 

३२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान र कारबाही अघि बढाउन व्युरोले मोरङ प्रहरीको जिम्मा लगाएको छ । ३२ ग्राम खैरो हेरोइन, डिजिटल तराजु र को ३३ प ३३१४ नम्बरको मोटरसाइकलसहित सिंहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए । 

उनका अनुसार डिजिटल तराजु र ठूलो परिणामको ब्राउन सुगर भेटिएपछि पक्राउ परेका सिंह लागुऔषधका कारोबारी भएको हुनसक्ने आशंका गरिएको छ । सिंहविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन बुधबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर बाँकी अनुसन्धान अघि बढाइएको जानकारी मुकारुङले दिएका छन् । सिंह मंगलबार साँझ ५ बजेतिर पक्राउ परेका हुन् ।

बुधबार ११ फागुन २०७८ ०१:४९ PM मा प्रकाशित

प्रतिक्रिया