×

देशभर चिसो बढ्यो, काठमाडौं बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण उडान प्रभावित

images

काठमाडौं- नेपालको पुर्वी भु–भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशभर चिसो बढेको छ ।

हाल तराईका थोरै भू–भागमा हुस्सुरकुहिरो रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सुरकुहिरो रहेको छ। आज काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानको मौसम बिग्रिएको छ । काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु तथा कुहिरोले ढाकेको छ । 

हाल नेपालको पूर्वी भूभागमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले मौसम बिग्रिएको मौसमविद्हरुले बताएका छन् । काठमाडौं उपत्यकाको आकाश बिहानदेखि हुस्सुले ढाकेको छ । बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् ।

बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् । जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ । 

 

बिहीबार ७ पुस २०७९ १०:४४ AM मा प्रकाशित

प्रतिक्रिया