×

जीवी राईमाथि दोस थोपर्दै रविको इन्कारी बयान

images

काठमाडौं ।  सहकारी ठगी र संगठित अपराध गरेको आरोपमा पाँच दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेले प्रहरीलाई इन्कारी बयान दिएका छन् । प्रहरीसँगको बयानमा उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रविको बयान लिइरहेको छ । ब्यूरोका प्रहरी निरीक्षकको टोलीले रविसँग सोमबारदेखि बयान लिइरहेको छ । मुख्यगरी सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड बढी रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ । यसैगरी आफू कामदार भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन अध्यक्ष जितेन्द्रबाबु राई (जीबी) ले लिनुपर्ने बयान दिएका हुन् ।

मङ्गलबार ६ कात्तिक २०८१ ०२:५५ PM मा प्रकाशित

प्रतिक्रिया