×

सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी

images

काठमाडौं । सुन र चाँदीको भाउले दिनदिनै नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँ बढेको छ । यो वृद्धिपछि प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।

सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको भाउ ३ सय रुपैयाँले बढेको हो । दसैंयता नेपाली बजारमा सुनको भाउ हरेक दिन बढेको बढ्यै छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

दसैं बिदा सुरु हुनुअघि असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दसैं बिदापछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा लगातार रेकर्ड कायम भएको हो ।

मङ्गलबार ६ कात्तिक २०८१ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया