×

दोहोरो अंकले बढ्यो नेप्से

images

काठमाडौं ।  यो साताको पहिला दुई दिनमा आइतबार ४७.४४ अंक र सोमबार आज ५७.९९ अंक गरेर  १०५.४३ अंकले घटेको शेयर बजारमा तेस्रो कारोबारको दिन मंगलबार भने हरियाली देखिएको छ । यस दिन २५.८८ अंकले बढेर दुई हजार ६६५.८१ अंकमा बजार बन्द भएको छ । आज चारवटै सूचक र १३ वटै उपसमूहको शेयर वृद्धि भएको छ ।

मंगलबार सर्वाधिक फाइनान्स समूहको शेयर ३.०३ प्रतिशतले बढेको छ । रावा इनर्जीको सर्वाधिक ८.८८ प्रतिशत शेयर वृद्धि भएकोमा विन नेपाल लघुवित्तका लगानीकर्ताले ४.७५ प्रतिशतले गुमाएका छन् । नेप्से बढे पनि कारोबार भने निरन्तर घट्दो क्रममा रहेको छ ।

आइतबार ८ अर्ब १८ करोड रुपैयाँ बराबरको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता र सोमबार ५ अर्ब ९० करोड रुपैयाँ बराबरको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता शेयर कारोबार भएकोमा आज ४ अर्ब १७ करोड १६ लाख रुपैयाँ बराबरको १  करोड ९ लाख ६२ हजार २८१ कित्ता बराबरको शेयर खरिदबिक्री भएको छ ।

मङ्गलबार ६ कात्तिक २०८१ ०७:२४ PM मा प्रकाशित

प्रतिक्रिया