×

तुईन खोला पुल नजिक एकतर्फी संचालनमा, लेन अनुशासन पालना गर्न आग्रह

images

काठमाडौँ । मुग्लिन नारायणगढ सडक खण्ड एकतर्फी संचालनमा आएको छ ।

गत शुक्रबार साँझदेखि अवरुद्ध भएको सडक आइतबार अपराहन्नदेखि एकतर्फी खुलेको थियो । पहिरोको जोखिम भएपछि गएराती बन्द गरिएको सडक बिहान ५ बजेदेखि एकतर्फी सुचारु भएको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरले अहिले तुईन खोला पुल नजिकै मात्र सडक एकतर्फी  संचालनमा रहेको जनाएको छ भने अन्य स्थानमा दुई तर्फी संचालनमा रहेको छ । डिभिजन कार्यालयले सवारीसाधन आफ्नो लेन अनुशासनमा रहि चलाउन अनुरोध गरेको छ ।

सोमबार ६ असोज २०८२ १०:१८ AM मा प्रकाशित

प्रतिक्रिया