काठमाडौं । घरेलु टोली नेपालले साफ यू-२० च्याम्पियनसिपमा बंगलादेशविरुद्ध २-१ गोलले विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा बिहीबार भएको खेलमा नेपालका लागि समीर तामाङ र नीराजन धामीले एक-एक गोल गरे । बंगलादेशका लागि मिरजुल इस्लामले पेनाल्टीमा गोल फर्काए ।
यो खेलसँगै नेपाल समूह ‘ए’को विजेता टोली बनेको छ । आफ्नो पहिलो खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेका थिए ।
प्रतिक्रिया